कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड बजेट

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड बजेट
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट ल्याएको छ ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले मंगलबार सदनमा प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको भन्दा एक अर्ब ८० हरोड ६६ लाख ३६ हजारले बढि हो । चालु आर्थिक वर्षमा सरकारले ३३ अर्ब ७४ करोड बजेट ल्याएको थियो ।

सरकारले आगामी वर्षका लागि ल्याएको बजेटमा पूँजिगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार, चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार र वित्तियतर्फ तीन अर्ब ३९ करोड ९९ लाख ५३ हजार रहेको छ ।

चालु आर्थिक वर्षमा कर्णालीको तीन दशमलव ७७ प्रतिशत आर्थिक वृद्धि भएको छ। कुल गार्हस्थ उत्पादनमध्ये कर्णाली प्रदेशको योगदान कुल चार दशमलव तीन प्रतिशतको हाराहारीमा हुने अनुमान गरेको छु।

यस आर्थिक वर्षको विनियोजनको तुलनामा संशोधित विनियोजन ४६.०४ प्रतिशत अर्थात रु पन्ध्र अर्ब ९३ करोड ६७ लाख १९ हजार हुने अनुमान गरेको छ। संशोधित विनियोजनमा चालु खर्च ५१ प्रतिशत र पुंजीगत खर्च ४९ प्रतिशत रहने अनुमान छ ।