सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ३० अर्ब ३३ करोड

सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ३० अर्ब ३३ करोड
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९५ लाखको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बजेटमा चालु खर्चतर्फ १० खर्ब ६६ करोड ९ लाख ३ हजार अर्थात् ३५.१ प्रतिशत र पूँजीगत खर्चतर्फ १७ अर्ब
६५ करोड ४० लाख ५२ हजार अर्थात् ५८.२ प्रतिशत रहेको छ।

त्यस्तै अन्तरसरकारी वित्त हस्तान्तरण अन्तर्गत १ अर्ब ७२ करोड ४५ लाख अर्थात् ५.७
प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३० करोड अर्थात् १ प्रतिशत बजेट विनियोजन भएको छ।

बजेटमा सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ११ अर्ब ७५ करोड बजेट छुट्याएको छ । सामाजिक विकास मन्त्रालयलाई ५ अर्ब ८८ करोड बजेट दिइएको छ। जसमा ठूलो बजेट स्वास्थ्य सेवाको विस्तार तथा सुदृढीकरणका लागि राखिएको छ।

चालु वर्षको तुलनामा आकार घटाएर ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शाहले बताए।