राहत तथा उद्दारका लागि मेलम्ची नगरलाई काठमाडौं महानगरको दुई करोड सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि मेलम्ची नगरपालिकालाई दुई करोड सहयोग गर्ने घोषणा गरेको छ। नगरसभाको नवौं अधिवेशनको पहिलो वैठकमा महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेको हुन्।
मेलम्ची नदीमा आएको बाढी त्यसले गरेको धनजनको क्षतिपछिको राहत तथा उद्दारका लागि सो रकम सहयोग गर्ने घोषणा गरेको प्रमुख शाक्यले बताए। मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो।
उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं.-१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता-पत्रमा हस्ताक्षर गरेको थियो ।

प्रतिकृया दिनुहोस्