महोत्तरीमा डाका समूहको लुटपाट, चार जना घाइते
महोत्तरी। सम्सी गाउँपालिका–१ पर्साका वीरेन्द्र साहको ज्वेलर्समा गएराति डाकाको समूहले एक सुनचाँदी पसलमा लुटपाट गरी १० लाख बराबरको धनमाल लगेका छन्।
डाका समूहको आक्रमणबाट सञ्चालक वीरेन्द्र साह, उनकीर श्रीमती सुशीलादेवी, छोरा शम्भु र छोरी कञ्चनकुमारी घाइते भएका छन्। उनीहरुको उपचार जनकपुर अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। डाकाहरुले १७२ तोली चाँदी, पाँच तोला सुन र नगद २ लाख लुटेर लगेका महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले बताए।

प्रतिकृया दिनुहोस्