टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

संखुवासभा। निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

चिचिला गाउँपालिका-३ पुखुवाको भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपरचालक धनकुटा नगरपालिकाका दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले बताए। ढुङ्गा अनलोड गर्ने क्रममा पछाडि सार्दा टिपर भिरबाट अरुण नदीको बगरमा झरेको थियो।रासस