यसरी भएको थियो कानेपोखरीकी सरिता सोरेनको मकैबारीमा हत्या, हत्या गरी फरार सफल हस्दा प्रहरीको फन्दामा

यसरी भएको थियो कानेपोखरीकी सरिता सोरेनको मकैबारीमा हत्या, हत्या गरी फरार सफल  हस्दा प्रहरीको फन्दामा
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मोरङ। बिहेका लागि कर गर्न थालेपछि प्रेमिकाको हत्या गरेर फरार रहेका रतुवामाई नगरपालिका-६ का ३१ वर्षीय सुफल हस्दालाई डेढ महिनापछि प्रहरीले पक्राउ गरेको छ। हस्दाले कानेपोखरी गाउँपालिका-१ होक्लाबारी घर भएकी ३० वर्षीया सरिता सोरेनको गत वैशाख १९ गते हत्या गरेका थिए।

सुदूरपश्चिमको कञ्चनपुरबाट पक्राउ गरेर ल्याएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। एक सन्तानकी आमा सरिता एकल महिला हुन्। उनका श्रीमानको ३ बर्ष पहिले मृत्यु भएको थियो। सुफलका घरमा दुई वटी पत्नी छन्। सुफलले कुटपिट गर्दै घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरुबीच विगत ६ महिना अघिदेखि यौन सम्बन्ध रहँदै आएको अनुसन्धानबाट खुलेको छ। प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरिताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद सुरु भएको बताइएको छ।

सरिता आफन्तको बिहेमा जान भन्दै वैशाख १७ गते घरबाट हिँडेकी थिइन् । त्यसको दुई दिनपछि उनको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो । अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार सरिताका श्रीमान र सुफल दुबै ट्रयाक्टर चालक र चिनजानका साथी थिए । साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा सुफल सरितासँग नजिकिएका थिए । प्रहरीकाअनुसार घरमा पत्नी र छोराछोरी रहेकाले आफूले सरितासँग बिहे गर्न नमानेको बयान सुफलले प्रहरीलाई दिएका छन् ।