निषेद्याज्ञाले भारतमा रोकिएका चार हजार ६२६ जना नेपाली झुलाघाट नाकाबाट फर्किए

निषेद्याज्ञाले भारतमा रोकिएका चार हजार ६२६ जना नेपाली झुलाघाट नाकाबाट फर्किए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बैतडी। गत वैशाखदेखि हालसम्म भारतमा काम गर्न गएका चार हजार ६२६ जना नेपाली स्वदेश फर्किएका छन्। निषेद्याज्ञाले छेकिएका उनीहरु झुलाघाट नाकाबाट नेपाल फर्किएका हुन्।

यसरी फर्किने नेपालीहरुमा बैतडीका दुई हजार २४०,बझाङका एक हजार ६६१, बाजुराका १२१,डडेल्धुराका १०१,दार्चुलाका २७,डोटीका २५,कैलालीका ५३, कञ्चनपुरका ३०, हुम्लाका ६४, मुगुका ६० र जुम्लाका ४० जनार अछामका पाँचजना रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।

नेपाल भित्रिनेमा अधिकांश भारतमा कोरोना सङ्क्रमण नियन्त्रणका लागि लकडाउन भएपछि रोजगारी गुमाएर फर्किएका नागरिक छन् । भारतबाट फर्किरहेका नागरिकको सीमामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ।