झापामा सहुलियत मूल्यमा चामल बिक्री सुरु

झापामा सहुलियत मूल्यमा चामल बिक्री सुरु
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

झापा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले झापाको विर्तामोडमा सहुलियत मूल्यमा चामल बिक्री गर्न थालेको छ। चामल किन्न स्थानीय उपभोक्ताको भीड लागेपछि कम्पनीले कुपन प्रणाली लागू गरेको कम्पनीको प्रमुख देबेन्द्र राईले बताए। निषेधाज्ञाको अवधिभर २० प्रतिशत छुट मूल्यमा चामल बिक्री गरिरहेको कम्पनीले जनाएको छ।

कम्पनीले ३० केजी सोना मन्सुली चामल ..एक हजार १२८ मा, २५ केजीको स्टिम जिरा मसिनो चामल एक हजार ३०० मा विक्री गरिरहेको छ। कार्यालयमा हाल १४ हजार ५०० क्विन्टल चामल स्टकमा रहेको छ। झापाबाट काठमाडौं, सुर्खेत, ताप्लेजुङलगायतका जिल्लामा चामल ढुवानी गरिदै आएको कम्पनी प्रमुख राईले बताए।