कोपा अमेरिकामा चिलीको पहिलो जीत

एजेन्सी। कोपा अमेरिका फुटबल अन्तर्गत सनिबार राती भएको खेलमा चिलीले बोलिभियालाई १-० ले पराजित गर्दै पहिलो जीत हात पारेको छ।
एरिना पन्तानल रंगशालामा सम्पन्न खेलमा चिलीका बेन ब्रेरेटोनले खेलको १० औ मिनेटमा निर्णायक गोल गरेका हुन्। चिलीले यसअघिको पहिलो खेलमा अर्जेन्टिनासंग १-१ को बराबरी खेलेको थियो भने बोलिभिया पराग्वेसंग ३-१ ले पराजित भएको थियो।

प्रतिकृया दिनुहोस्