क्रोएसीया र चेक रिपब्लिक १-१ को बराबरी

एजेन्सी। युरोकप फुटबलअन्तर्गत दोस्रो खेलमा क्रोएसीयाले चेक रिपब्लिकसँग १-१ को बराबरी खेल्दै अंक बाडेको छ। हाम्पडेन पार्कमा शुक्रबार राति भएको खेलमा पहिलो अग्रता चेक रिपब्लिकले लिएको थियो।
चेकका प्याट्रिक शिकले ३७ औ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। क्रोएसियाका इभान पेरिसिचले खेलको ४७ औं मिनेटमा गोल गर्दै टोलिलाई हारबाट जोगाएका हुन्। यसअघिको पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित हुदा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले पराजित गरेको थियो।

प्रतिकृया दिनुहोस्