विदेश भ्रमणमा जान २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता

काठमाडौं। सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पीसीआर रिपोर्टलाई मान्यता दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयअनुसार सरकारी अस्पतालका प्रयोगशालाको साथसाथै निजी अस्पतालमा गराएको पीसीआर परीक्षणको रिपोर्टलाई समेत विदेश जानका लागि मान्यता दिने निर्णय गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौं मेडिकल कलेज,नेपाल मेडिसिटी, वी एण्ड वी,अल्का,कान्तिपुर डेन्टल,जनमैत्री,नेपाल मेडिकल कलेज,नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन्।
यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा,मनमोहन मेमोरियल,काठमाडौं युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल,नोवेल मेडिकल कलेज,न्यूरोकार्डियो विराटनगर,विराट मेडिकल,लेप्रोसी मिसन नेपाल अस्पताल ललितपुरमा गरिएको पीसीआर परीक्षणलाई मान्यता दिएको हो।

प्रतिकृया दिनुहोस्