गृहमन्त्री र आन्तरिक मामिलामन्त्रीहरुबीच बैठक सकियो, विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र शान्ति सुरक्षाको विषयमा छलफल

काठमाडौं। सात वटै प्रदेशका आन्तरिक मामिलामन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक सकिएको छ। बैठकमा विपद् व्यवस्थापन, कोभिड नियन्त्रण र शान्ति सुरक्षाको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन्।
गृहमन्त्री खगराज अधिकारीलाई अन्तरिक मामिलामन्त्रीहरुले प्रदेश प्रहरी समायोजन र प्रदेश सुरक्षाका चुनौतिका विषयमा जानकारी गराएका थिए। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी थिए।

प्रतिकृया दिनुहोस्