काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, मेयर शाक्य भन्छन्- म महानगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिन र गर्दिन

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, मेयर शाक्य भन्छन्- म महानगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिन र गर्दिन
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/२०७९को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ। असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौं नगरसभाको पहिलो वैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।

नीति तथा कार्यक्रमको विरोधमा रहेका उपमेयरसहित कांग्रेसनिकट जनप्रतिनिधिको मागलाई समावेश गर्ने भएपछि सर्वसम्मत पारित भएको हो। आगामी असार १० गते महानगरले बजेट ल्याउने कार्यक्रम छ।

म महानगरवासीको मेयर हुँ, दल हेरेर उपेक्षा गरिन र गर्दिन

आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिले पार्टीको कार्यकर्ता भएर काम गर्न नहुने बताएका छन्।

छलफलमा उनले भने,” म महानगरपालिकाको मेयर हुँ। मैले मेयर निर्वाचित भएर आएपछि दल हेरेर उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई उपेक्षा गरिन र गर्दिन। दलभन्दा जनताको हितलाई माथि राखेर काम गर्नुहोला। म पनि त्यहि गर्छु र गरिरहेको छु।”