जोरपाटी महिला बिकास समुह भयो प्रथम

जोरपाटी महिला बिकास समुह भयो प्रथम
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । छथर जोरपाटी गाउँपालिका धनकुटाले महिला समुहबीच आयोजना गरेको बतृत्वकला प्रतियोगितामा वडा नं.२ को जोरपाटी महिला विकास समुह प्रथम भएको छ ।

लैगिक हिंसा सम्बन्धि १६ दिने अभियानको अवसरमा आयोजित प्रतियोगताका ९ समुहलाई पछि पारेर समुहकी टिका भट्टराईले जोरपाटीलाई प्रथम स्थान दिलाउनु भएको हो ।
‘घरैबाट सुरु गरौ,महिला हिंसा अन्त्य गरौं’भन्ने बिषयमा ५ महिला तथा एकल महिला समुह र ४ स्वास्थ्य चौकी अन्तरगतका महिला स्वयंसेवीका समुहबीच प्रतियोगिता गराईएको थियो ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना गरिएको प्रतियोगितामा वडा नं.२ को एकल महिला समुहकी बिमला काफ्ले आफ्नो समुहलाई दास्रो स्थान दिलाउनु भएको छ ।
त्यस्तै प्रतियोगितामा वडा नं.५ को प्रगतिशिल महिला समुहकी नर्वदा काफ्ले तेस्रो र वडा नं. ६ परेवादिन स्वास्थ्य चौकी अन्तरगतको महिला स्वयंसेवक समुहकी रिता भट्टराईले सान्त्वना स्थान प्राप्त गर्नु भएको छ ।

बिजयी प्रथम,द्वितिय,तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजारका दरले पुरस्कृत गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो । यहाँहरुलाई कार्यक्रम अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ, कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।उपस्थित महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले अभियानको शुभकामना दिनुभएको थियो ।

लिम्बूले छथर जोरपाटी गाउँपालिकामा महिला हिंसाको अन्त्य गरी समृद्ध समाजको निर्माण गर्न नेपाली धर्म तथा संस्कृतिमा भएका महिला हिंसाहरु हटाएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो ।