प्रधानमन्त्री देउवा भन्नुहुन्छ-“सभापतिमा म हारे, केपी ओली सत्तामा फर्किन्न सक्छन”

काठमाडौं ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताउनु भएको छ। आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट माग्नु भएको छ।
‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ, जित्न आवश्यक छ । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भन्नुभयो । आफूले सभापतिमा हारे सरकारबाट पनि हटाउन सक्ने भएकाले मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ’ देउवाले भन्नुभयो।
देउवाले आफू कांग्रेस महाधिवेशनमा हारेको खण्डमा मुलुकमा फेरि केपी ओली सत्तामा फर्किने खतरा रहेको बताउनु भयो।

प्रतिकृया दिनुहोस्