January 28, 2022, Friday
२०७८ माघ १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

दुइतिहाइ मत पाएर गगन थापा महामन्त्रीमा विजयी , विश्वप्रकाश र प्रकाशशरणबीच प्रतिस्पर्धा जारी

दुइतिहाइ मत पाएर गगन थापा महामन्त्रीमा विजयी , विश्वप्रकाश र प्रकाशशरणबीच प्रतिस्पर्धा जारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा विजयी भएका छन्। बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए। गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका थिए।

३८९० मतको गणना भइसकेको छ। जसमध्ये थापाले २५१२ मत पाएका छन्। उनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १५९७ मत पाएका छन्। तेस्रो स्थानमा रहेका प्रकाशशरण महत १२९२ मत पाएका छन्।

अब गन्न बाँकी रहेको ७८९ मत महतले पाए पनि गगन थापालाई रोक्न सक्ने छैनन्।दोस्रो र तेस्रो स्थानमा रहेका शर्मा र महतबीच ३०५ मतको अन्तर छ। यही मतान्तर अन्तिमसम्मै कायम रहेमा थापाका साथै शर्मा पनि महामन्त्रीमा विजयी हुनेछन्।