एमाले महासचिव पोखरेल भन्नुहुन्छ- सरकारी घेराबन्दी तोड्नको लागि एमाले तयार छ

एमाले महासचिव पोखरेल भन्नुहुन्छ- सरकारी घेराबन्दी तोड्नको लागि  एमाले तयार छ
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा एमसीसी अलपत्र परेको बताउनु भएको छ।

घोराहीमा आयोजित प्रेस चौतारी नेपाल दाङको ९ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै एमसीसीबारे सरकारले आफ्नो दृष्टिकोण नबनाइ प्रतिपक्षको आश गरेको बताउनु भयो। अहिलेको गठबन्धनको सरकार एमालेविरुद्ध घेराबन्दी गर्ने बाहेक अरु कुनै काममा लागेको छैन। यसैले सरकारी घेराबन्दी तोड्नको लागि एमाले गम्भिर भइ सशक्त भएर अगाडि बढेको उहाँले बताउनु भयो।

“अस्थिरताको बिजारोपण माओवादीले गरेको छ । ‘कम्युनिष्टको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउने काम प्रचण्ड र माधव नेपालले गरेका छन्। एकदिन उनीहरु फेरी सडकमा पुग्ने निश्चित छ,” महासचिव नेपालले बताए।

कार्यक्रममा एमालेका पोलिब्युरो सदस्य सुर्य थापा, सुजिता शाक्य, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायत एमालेका नेताहरुले बोल्नु भएको थियो।