माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा ११ दललाई निम्तो, एमाले अध्यक्ष ओली सहभागी नहुने

माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा ११ दललाई निम्तो, एमाले अध्यक्ष ओली सहभागी नहुने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले बताउनु भएको छ।

उक्त महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने हुनुभएको छ। ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनु भएको छ।

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गर्नु भएको थियो। तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनु भयो ।

एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड जानु भएको थिएन। माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।