एमालेकै बाटोमा माओबादी, १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति

काठमाडौं । नेकपा एमाले जस्तै माओबादी केन्द्रले पनि बहु पदीय केन्द्रीय समिति बनाउने भएको छ। आज बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो।
केन्द्रीय समितिको बज बसेको बैठकले पारित गरेको विधान अनुसार पार्टीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछ ।
अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसम्म विकल्प देखिएको छैन । हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ । महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ । यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ । मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ ।
पाकाको अनुभव, युवाको जोशलाई देश निर्माणमा अगाडि बढाउने नीति अख्तियार गरेको छ । माओवादीको विधानले युवालाई २० प्रतिशतको हिस्सा छुट्याएको छ । कूल ४० वर्ष र सोही आसपासको उमेर समूहका नेतालाई विशेष भूमिका दिने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्