बर्षासँगै हिमपातले जनजीवन प्रभावित, जेष्ठ नागरिकलाई सास्ती युवायुवतीलाई मस्ती

बर्षासँगै हिमपातले जनजीवन प्रभावित, जेष्ठ नागरिकलाई सास्ती युवायुवतीलाई मस्ती
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा बिहानदेखि हिमपात सुरु भएको छ ।

रातिदेखि परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो । चिसो मौसममा प्रायः हिमपात हुने चन्द्रागिरिमा यो वर्ष पहिलोपटक हिउँ परेको हो । हिउँले चन्द्रागिरि डाँडा सेताम्य भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले बिहान हिमपात सुरु भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको घुइँचो लागेको जानकारी दिनुभयो । चन्द्रागिरि डाँडाका साथै यहाँ रहेको भालेश्वर मन्दिर वरपर तथा रिसोर्ट परिसरमा अहिले बाक्लो हिँउ जम्मा भएको छ ।

काठमाडौँ उपत्यकामा पनि गए रातिदेखि वर्षा भएको छ । रातिदेखिको वर्षा अहिले पनि जारी छ । वर्षाका कारण अहिले यहाँ निकै चिसो बढेको महसुस गरिएको छ ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेपछि आज बिहान सवा ७ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।

समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात सुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि हिउँ परिरहेको छ । मौमस खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।” हिमपातका कारणले अत्यधिक चिसो बढेकाले सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताउनुभयो ।

हिमपात पर्न सुरु भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले केटाकेटीको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैनन् । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हँुदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।” हिमपातले जनजीवन प्रभावित हुनुका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीयवासी टासीतेन्जीले शेर्पाले बताउनुभयो । हिमाली क्षेत्रका प्रमुख पुख्र्यौली पेशा पशुपालन हो तर हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने उहाँको भनाइ छ । सबैभन्दा याक, चौँरीको बाछाबाछीलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताउनुभयो ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा निकै बाक्लो हिमपात भइरहेको स्थानीयवासी तेन्जी शेर्पाले बताउनुभयो । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडाध्यक्ष डन्डु शेर्पाले बताउनुभयो ।

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिनभयो । यता ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा पनि गए रातिदेखि वर्षा हुन जारी रहेको छ । हिमपात भएसँगै चिसो बढेको छ । अध्यधिक जाडोेले जनजीवन प्रभावित भएको छ ।

हुम्लामा भारी हिमपात

हुम्लामा पनि भारी हिमपात भएको छ । भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोटसहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।

bfp/f laqmL ug{ uPsf afns l;dsf]6, !$ k’; M x’Dnfdf ef/L lxdkft x’Fbf klg ;f9] Ps 306fsf] af6f] 8fF8fkmfof ufpFaf6 lxF8]/ ;b/d’sfd l;dsf]6df bfp/f laqmL ug{ k’u]sf afns . t:jL/ M bfg] af]x/f÷/f;;

आज बिहानदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटबाट उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हिमपात भएपछि अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा २ फिटसम्म हिउँ जमेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले बताउनुभयो । यस वर्षकै ठूलो हिमपात भएको बताउनुभएका लामाका अनुसार हिमपातले मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ । सबैतिरको पानीसमेत जमेर पूरै ठोस भएको छ । जाडोले घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानीसमेत ठोस बनेका हुन् ।

सिमकोटमा दुई फिट हिउँ

आज बिहानदेखि निरन्तररूपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्रीभन्दा तल झरेको छ । अत्यधिक चिसो र हिमपात भइरहेका कारण बिहानैदेखि चहलपहल हुने गाउँसमेत सुनसानजस्तै देखिएका छन् ।

x’Dnfdf ef/L lxdkft l;dsf]6, !$ k’; M lxdfnL lhNnf x’Dnfdf a’waf/ ef/L lxdkft . lxdkftn] oxfFsf] hghLjg k|efljt ePsf] . t:jL/ M bfg] af]x/f÷/f;;

निरन्तररूपमा हिउँसँगैको अत्यधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।