एमाले अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ, आजको पत्रकार सम्मेलन रोकियो

एमाले अध्यक्ष ओलीलाई कोरोना पोजेटिभ, आजको पत्रकार सम्मेलन रोकियो
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । हिजो गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनु भएको बालकोट स्रोतले जनाएको छ ।

ओलीको पत्रकार सम्मेलन रोकियो

प्रधानमन्त्रीको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन रोकिएको छ । कोभिड संक्रमणको जोखिम उच्च हुँदै गएपछि आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले पत्रकार सम्मेलन स्थगित गरिएको रिजालको भनाइ छ । अध्यक्ष ओलीले बक्तव्यमार्फत पार्टी धारणा सार्वजनिक गर्नुहुनेछ ।