कोभिड फैलिएपछि न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेनले विवाह स्थगित

एजेन्सी । न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताउनु भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गर्नु भएको हो।
‘कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ,’ उनले भनिन् । सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ ।
आर्डेन र उहाँका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीय आर्डेन र उहाँका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् । केही सातापछि उहाँहरुको विवाह गर्ने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।
न्युजिल्यान्डमा अहिलेसम्म १५ हजार १०४ जनामा कोभिड देखिएको छ । महामारी सुरु भएपछि अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ।

प्रतिकृया दिनुहोस्