निर्वाचन आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान

निर्वाचन आयोगको निर्देशनमा लिङदेनको आपत्ति, विधान नसच्याउने अडान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन निर्वाचन आयोगले दिएको निर्देशनप्रति आपत्ति जनाएका छन् । पार्टीको मुल सिद्धान्तबाट पछि हटेर विधान संशोधन गर्न नसकिने उहाँले बताउनु भयो ।

आयोगले गत २ माघमा राप्रपालाई पत्राचार गर्दै एक हप्ताभित्र विधान संसोधन गरेर पठाउन भनेको छ । यस विषयमा आज पार्टीमा छलफल गरेर आयोगलाई जवाफ दिइने अध्यक्ष लिङ्देनले बताउनु भयो।‘म उपत्यकाबाहिर थिएँ, हिजो आइपुगे । आजै पदाधिकारी वैठक बसेर यसको टुंगो लगाउँछौं’उहाँले बताउनु भयो। आयोगले संविधानको मर्म र भावना विपरित पूर्वाग्रही ढंगले आयोगलाई पत्र पठाएको भन्दै उहाँले दुख व्यक्त गर्नु भएको छ ।

‘राष्ट्रिय सार्वभौमिकता विपरितका र हिंसात्मक राजनीतिबाट सत्ता प्राप्त गर्ने एजेन्डाबाहेक सबै विषयवस्तु संविधानले खुल्ला राखेको छ । दुईतिहाई बहुमतले संसदबाटै राजसंस्था र हिन्दू राष्ट्र फर्काउन सकिन्छ । हामी यही एजेन्डालाई लिएर राजनीति गरिरहेका छौं, चुनाव लडिरहेका छौं । हाम्रो विधान कसरी संविधानविपरित भयो ?’

विधान संसोधन गर्न दबाब दिएर आयोगले राप्रपामाथि पूर्वाग्रही र ज्यादतीपूर्ण व्यवहार गरेको लिङदेनले बताउनु भयो ।