एमाले अध्यक्ष ओलीको १५ बुंदे वक्तब्य जारी : सरकार सबैतिर असफल भएको निष्कर्ष (प्रेस वक्तब्यको पुर्णपाठ)

एमाले अध्यक्ष ओलीको १५ बुंदे वक्तब्य जारी : सरकार सबैतिर असफल भएको निष्कर्ष (प्रेस वक्तब्यको पुर्णपाठ)
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल भएको आरोप लगाउनु भएको छ। आइतबार ८ पृष्ठ लामो १५ बुँदे वक्तव्य जारी गर्दै ओलीले यो सरकार आएदेखि अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको समेत आरोप लगाएउनु भएको छ् ।

वर्तमान सरकार देशलाई अस्थिरतातर्फ लैजान उद्धत रहेको, स्थानीय तहको निर्वाचन धकेल्न सरकारले अनेक प्रयास गरिरहेको अध्यक्ष ओलीको प्रेस वक्तब्यमा उल्लेख छ। संविधानले स्थानीय तहको म्याद सकिनु भन्दा दुई महिना अगावै निर्वाचन गराउनु पर्ने कानुनी व्यवस्था गरे पनि सरकार संविधानको धारा २५५ को भ्रमपूर्ण व्याख्या गरेर उम्कन खोजेको आरोप लगाउनुभएको छ ।
१५ बुँदा लामो वक्तव्यमा अध्यक्ष ओलीले सरकार कोरोना महामारी नियन्त्रण,सुसासन कायम गर्न र कानुनी राज्य स्थापना गर्न असफल भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले जारी गर्नु भएको प्रेस वक्तब्यको पुर्णपाठ