पहिलोपटक चोयु हिमाल आरोहण हुँदै

पहिलोपटक चोयु हिमाल आरोहण हुँदै
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपालबाट हालसम्म आरोहण हुन नसकेको उक्त हिमाल आरोहण मार्ग निर्माणका लागि अनुभवी १० आरोही गाइडको टोली आधारशिविरतर्फ लागेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । आरोही गाइडको टोलीले सामूहिकरूपमा पहिलोपटक चोयु हिमाल आरोहणका लागि चुचुरोसम्म बाटो (रुट) निर्माण गर्ने लक्ष्य राखेको हो ।

आरोही गाइड प्रेम तेन्जी, गेल्जे, प्रेम दोर्जी, कर्मा, लाक्पा देण्डी, तेञ्जिङ गेल्जेन, विवस, टासी, फुरी कितर शेर्पा र गेसमान तामाङको टोली आधार शिविरतर्फ हिँडेको हो । नेपाल र चीनको सीमा रहेको चोयु हिमाल नेपालतर्फबाट आरोहणका लागि पटकपटक प्रयास भए पनि सफल हुन सकेको थिएन । बाटो निर्माण भएपछि नेपालको रुट हुँदै पहिलोपटक चोयु हिमाल (८१८८ मिटर) को आरोहण हुने भएको छ ।

नेपालतर्फबाट आरोहणका लागि बाटो निर्माण हुन नसक्दा वर्षेनी करोडौं राजश्व राज्यले गुमाउदै आएको छ। अनुभवी सक्षम गाइडहरूको टोलीले यो प्रयास गरेका कारण सफलता हात पर्ने र आरोहण बाटो निर्माण पछि वर्षेनी करोडौं राजश्व आम्दानी हुने नेपाल पर्वतारोहण संघका सिइओ कुलप्रसाद राईले बताउनु भयो ।

यो हिमाल अरोहण गर्नको लागि नेपाल पर्वतारोहण संघले झण्डासमेत हस्तान्तरण गरिसकेको राईले बताउनु भयो। चोयु हिमाल आरोहीहरूको लागि आकर्षकमध्येको एक मानिन्छ ।