कांग्रेस नेता रञ्‍जित दिए भौतिक पूर्वाधार मन्त्री मन्त्री रेणु यादवविरुद्ध जाहेरी

कांग्रेस नेता रञ्‍जित दिए भौतिक पूर्वाधार मन्त्री मन्त्री रेणु यादवविरुद्ध जाहेरी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भौतिक पूर्वाधार मन्त्री रेणु यादवलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना माग गर्दै कांग्रेस नेता रञ्जित कर्णले प्रहरीमा जाहेरी दिनु भएको छ। मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिले साम्प्रदायिक द्वन्द्व बढाएको भन्दै कांग्रेसका युवा नेता कर्णले जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी दिनु भएको हो।

संविधानसभा सदस्यसमेत रहेका कर्णले दिनु भएको उजुरीमा मन्त्री यादवले गौर काण्ड दोहोरिने अभिव्यक्तिले हिंसालाई प्रश्रय पुगेको दाबी गरिएको छ । जाहेरीमा मुलुकी अपराध संहिता २०७४ को दफा ४९ को ४ को कसुर ठहर गरी सोही दफाको ५ (ग) बमोजिम साजयको मागदाबी गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा ४ को असुर ठहर भएमा ५ वर्ष कैद र ५० हजारसम्म जरिबाना हुने दफा ५ (ग) मा उल्लेख छ ।

सप्तरी प्रहरीले जाहेरी दर्ता नगरेका कारण हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी पठाएको कर्णले जानकारी दिनु भएको छ । कर्णले आजै सप्तरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै हिंसात्मक अभिव्यक्ति दिने मन्त्री यादवलाई पदमुक्त गर्न मागसमेत गर्नु भएको छ।