दुई सयजना कुष्ठ रोगीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री

दुई सयजना कुष्ठ रोगीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाल पर्वतारोहण संघ (एनएमए) ले दुई सय जना कुष्ठ रोगबाट ग्रसित बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ठ रोगीलनई सहयोग गरेको नेपाल पर्वतारोहण संघका सिइओ कुलप्रसाद राईले बताउनु भयो ।

आश्रममा रहेको प्रत्येक व्यक्तिले ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरेको छ । दक्षिणकाली नगरपालिका–२ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामालगायत नेपाल पर्वतारोहण संघका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामाग्री वितरण गर्न भएको थियो ।

त्यस्तै नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष सुदर्शन न्यौपाने, सचिवालय सदस्यहरु सिङ्गी लामा, दीपेन्द्र पाण्डे र शिवबहादुर सापकोटा तथा केन्द्रीय सदस्यहरु सार्की तामाङ, पासाङ भोटे र सञ्जिव गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले पनि कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

न्यानो कपडा पाएपछि क्याम्पमा आश्रीत व्यक्तिहरुले खुसी व्यक्त गरे । ‘निप्पोन फाउण्डेशन र नेपाल पर्वतारोहण संघले कुष्ठ रोगबाट ग्रसित विरामी निरन्तर सहयोग गरेको विरामी उमाप्रशाद तिवारीले बताउनु भयो।

नेपाल पर्वतारोहण संघका अध्यक्ष लामाले ‘द निप्पोन फाउण्डेशनको सहयोगले यो जाडो मौसममा केही सहयोग पुग्छ भन्ने विश्वास लिएको बताउनु भयो। जुममार्फत कार्यक्रममा सहभागी भएका द निप्पोन फाउण्डेशनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने बताउनु भयो।