कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा को-को पर्दैछन्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् । अपरान्ह ३ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एकमात्रै एजेण्डा रहेको छ ।
कांग्रेस विधानको दफा २३ मा केन्द्रीय कार्यसम्पादन समिति सम्बन्धी व्यवस्था रहेको छ । कार्यसम्पादन समितिमा सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सह-महामन्त्री पदेन सदस्यका रूपमा रहनेछन् । त्यस्तै केन्द्रीय सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तसमेतलाई ध्यानमा राखी ३१ जना कार्यसम्पादन समितिमा रहनेछन् । त्यसबाहेक केन्द्रीय कार्यसमितिको प्रवक्ता पनि स्वतः कार्यसम्पादन समितिको सदस्य रहनेछन् ।
सभापति देउवाले आज कार्यसम्पादन समिति गठन गर्ने भएपनि पूर्णसमिति भने बन्ने छैन । केन्द्रीय समितिले पूर्णता पाउन बाँकी रहेकोले आज पदाधिकारी, पूर्वपदाधिकारी र केही नेताहरूमात्रै समेटेर कार्यसम्पादन समिति गठन गर्न लागिएको हो । यो समितिले कांग्रेस विधानले केन्द्रीय समितिको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछ । यद्यपि कार्यसम्पादनबाट भएका निर्णयहरु पछि केन्द्रीय समितिबाट अनुमोदन गरिनुपर्नेछ ।
कांग्रेसको सम्भावित केन्द्रीय कार्यसम्पादन समिति सभापति शेरबहादुर देउवा, वरिष्ठ नेतारामचन्द्र पौडेल उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर र बद्री पाण्डे जीवन परियार, रहेका छन्।
त्यस्तै केन्द्रीय सदस्यहरुमा गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा. नारायण खड्का, जीपछिरिङ लामा, पद्मनारायण चौधरी, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, एनपी साउद, अम्बिका बस्नेत र पुष्पा भुसालको नाम चर्चामा रहेको छ।

प्रतिकृया दिनुहोस्