एमालेको सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यक्रम

एमालेको सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित कार्यक्रम
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।

दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्ने तय भएको एमालेले जनाएको छ । उद्घाटनसत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी हुने बताइएको छ ।

कार्यतालिकाअनुसार प्रदेश नं १ को फागुन १ र २ गते विराटनगरमा, मधेस प्रदेशको फागुन ३ र ४, गते जनकपुरमा, वागमती प्रदेशको फागुन ६ र ७ गते काठमाडौंमा, गण्डकी प्रदेशको फागुन ८ र ९ गतेपोखरामा, लुम्बिनी प्रदेशको फागुन ११ र १२ गते बुटवल/दाङमा, कर्णाली प्रदेशको फागुन १४ र १५ गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको फागुन १६ र १७ गते धनगढीमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको एमालेद्वारा जारी निर्देशनमा उल्लेख छ।