बलात्कार आरोपमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी

बलात्कार आरोपमा सांसद बानियाँविरुद्ध पक्राउ पूर्जी जारी
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। बलात्कार गरेको आरोपमा संघीय सांसद मोहन बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत बाँकेले उहाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

पक्राउ पूर्जी जारी भएसँगै अब कानुनी प्रक्रिया अघि बढाइने बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए। प्रतिनिधिसभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिनु भएको थियो।

ती महिलाले कण्डम लगाएर दुईपटक बलात्कार गरेको अरोप लगाउनु भएको छ। उहाँहरुविच दुई महिना अगाडि चिनजान भएको र होटलमा लगेर कण्डम लगाएर बलात्कार गरेको प्रहरीले उहाँले बयान दिनु भएको छ।