गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, आजको संसद बैठकमा एमसीसी टेबल नहुने

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, आजको संसद बैठकमा एमसीसी टेबल नहुने
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सत्ता गठबन्धन दलका नेताहरुले अडान नछाडेपछि एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप बसेको निर्णायक बैठक पनि बिना निष्कर्ष सकिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठक एक घण्टा पनि नबसी आइतबार पुन: बस्ने गरी सकिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आजको सदनमा एमसीसी पेस गर्नुपर्ने अडान दोहोर्‍याउनु भएको छ। नेकपा एसका अध्यक्ष नेपालले भोलि पार्टीको स्थायी कमिटी बैठक तय गरिएकोले त्यतिञ्जेल पर्खन अनुरोध गरेको बताइएको छ । माओवादीले भने एमसीसी पेस गरे विपक्षमा मतदान गर्ने अडान दोहोर्‍याएको छ ।

बैठकबाट नेताहरू उठेसँगै बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूसँग प्रधानमन्त्रीले परामर्श गरिरहेका छन् । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि एमसीसी संसद बैठकमा टेबल नहुने भएको छ ।