अध्यक्ष ओली भन्नुहुन्छ- पार्टी एउटा टिम हो, सबै सदस्यबाट सहयोग पाएको छु

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवनमा धेरैको सहयोग पाएको बताउनुभएको छ ।
७१ औं जन्मदिनमा भक्तपुरमा बुधबार समवेत दृष्टि नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूलाई सबैको सहयोग भएको उल्लेख गर्नुभयो । ‘म भाग्यमानी व्यक्ति हुँ, यति धेरै विद्वान्, चिन्तक, लेखक, कलाकारहरुको र सिर्जनाकारहरुको श्रमजीवीहरुको, सृजनात्मक प्रतिभाको साथ पाएको छु,’ उहाँले भन्नुभयो, ‘कहिँ अलमल हुँदा पनि आवाज आउने गरेको छ, अलमल नगर ।’
अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी टिम हो, यसका सबै सदस्यबाट सहयोग पाएको छु, यदि सफल भएको छु भने त्यही सहयोगले सफल भएको हो ।’
आफू बिरामी हुँदा मठ, मन्दिरमा धेरै जनताले पूजापाठ र भाकल गरेको स्मरण अध्यक्ष ओलीले गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुक एमालेको नीतिमा रहेको बताउनुभएको थियो । उहाँले विकास, भौतिक पूर्वाधार, सामाजिक न्यायलगायतका क्षेत्रमा एमालेको नीति लागू भएको दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्