सत्ता जोगाउन एमसीसी पास गर्न सहमत भए प्रचण्ड-माधब

सत्ता जोगाउन एमसीसी पास गर्न सहमत भए प्रचण्ड-माधब
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदान गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

‘ब्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो,’ उहाँले भन्नु भयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय माग्नु भएको थियो । तर, समय नभएको भन्दै आजै पारित गर्ने निर्णय गरिएको नेता पौडेलले बताउनु भयो ।

नेता नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिनु भएको थियो । अहिले एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । सत्ता गठबन्धनको बैठकअघि आज बिहान बसेको नेकपा माओवादी केन्द्रको कार्यालयको विस्तारित बैठकले एमसीसीलाई ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो ।