एमसीसीको पक्षमा लागेको भन्दै माओवादी र समाजबादी परित्याग गर्ने बढे

काठमाडौं । पार्टी एमसीसीको पक्षमा लागेको भन्दै पर्वतमा माओवादी र कांग्रेसबाट सयौं कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
नेकपा माओवादी कुश्मा नगरपालिका वडा न ८ का वडाअध्यक्ष हरीनारायण गिरीले एमसीसीको पक्षमा लागेर माओवादीले राष्ट्रघाती काम गरेका भन्दै पार्टी त्याग्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै राष्ट्रघात गर्ने पाटीको पक्षमा लाग्न नसक्ने भन्दै पार्टीबाट राजीनामा दिएको घोषणा गर्नुभयो । गिरीले २०६१ साल चैत देखि माओवादी आन्दोलनमा लागेका गिरीले अमेरिकी साम्रज्यवादको अगाडि नेपाली नागरिकलाई दास बनाउने पार्टीबाट आफू अलग रहेको घोषणा गर्नुभएको हो ।
माओवादी पार्टीले युद्धकै बेला देखि अमेरिकी साम्राज्यवाद भन्दै कार्यकर्तालाई आन्दोलनमा उतारे पनि अमेरिकाको अघि घुँडा टेकेको अधिकांश गिरीको बुझाइ छ ।
यस अघि माओवादीका प्रभावशाली नेता सृजनशिल कुँवर, पाटीका जिल्ला सदस्य बलराम पौडेल, युवा कार्यकर्ताहरु सुवास रोक्का, पंकज पौडेल फलेवास वडा न ६ का वडा सचिव राजेन्द्र भुषाल लगाएतका दर्जन बढि कार्यकर्ताहरुले माओवादी पाटी परित्याग गरेको घोषणा गरेका थिए ।
हिजो मात्रै नेपाली कांग्रेस पाटीले एमसिसिको पक्षमा मतदान गर्ने निर्णय गरेको भन्दै नेपाली कांग्रेसका मोदी गाउँपालिकाका उप सभापति पदका उमेदवार यज्ञ गौतम तथा तरुद दलका नेता डम्मर नेपाली, शान्ति गौतम र मैया गौतम सहितका दर्जन बढी कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरेका छन् । उनले आज बिहान १० बजे जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गरेका छन् ।

माधव नेपाल एमसीसीको पक्षमा लागेपछि नेकपा समाजवादीमा पनि पहिरो जान सुरु गरेको छ । पार्टीले एमसीसीको पक्षमा मत दिएको भन्दै झापा बिर्तामोडका भिष्म पौडेलले नेकपा समाजवादी पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ । झापामा नेकपा एसभित्र प्रभावशाली मानिएका पौडेलले पार्टी एमसीसीको पक्षमा उभिएपछि पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।
पौडेलले आज विहान सामाजिक सञ्जाल मार्फत नेकपा एसबाट अलग भएको घोषणा गरेका हुन् । पौडेलले आठ दिनअघि नै पार्टी एमसीसीको पक्षमा उभिए पार्टी परित्याग गर्ने बताउनुभएको थियो ।

प्रतिकृया दिनुहोस्