‘व्याख्यात्मक घोषणा प्रचण्ड-माधवको लाज जोगाउने प्रयास हो : महासचिव पोखरेल

‘व्याख्यात्मक घोषणा  प्रचण्ड-माधवको  लाज जोगाउने प्रयास हो : महासचिव पोखरेल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको बताउनु भएको छ। प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कानून र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताउनु भयो ।
‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, उहाँले भने, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उहाँले बताउनु भयो ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाउनु भयो । सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ । संसदमा टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो। उहाँका यी कुरा राजनैतिक पूर्वाग्रही र गैरजिम्मेवार भएको उहाँले बताउनु भएको छ।

एमालेसँग प्रधानमन्त्रीले पटक-पटक गरेको छलफल बारे बोल्नुहुँदै महासचिव पोखरेलले सत्ता परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनु भयो । हामीले उनीहरूलाई देउवासँगै राखेर सत्ता स्वार्थका लागि एमसीसी प्रकरणमा लतारिएको जनतालाई देखाउनु थियो । त्यो जनताले देखिसकेका उहाँले बताउनु भयो ।

‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो । अन्तिममा पारित गर्ने उहाँहरु नै हुनभयो । नेकपाको अन्तरसंघर्षका मुद्दा निरर्थक थिए । कुण्ठा र सत्ता स्वार्थ थिए भन्ने पुष्टि भएको छ,’उहाँले बताउनु भयो ।