नारायणकाजी श्रेष्ठलाई फकाउदै प्रचण्ड, श्रेष्ठ भन्नुहुन्छ “मलाई पार्टीबाट अलग्याउन खोज्दै छन् ।”

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच प्रचण्ड निवासमा छलफल भएको छ । छलफल पार्टी एकता कायम गर्ने विषयमा केन्द्रित रहे पनि निष्कर्षविहीन भएको स्रोतले बतायो ।
एमसीसी संसदबाट व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णयमा श्रेष्ठ असन्तुष्ट हुनुहुन्छ । संसदबाट एमसीसी पास भइसकेपछि पनि श्रेष्ठले आफ्नो विमति सार्वजनिक गर्दै आउनु भएको छ । एमसीसी संसदबाट अनुमोदन भइसकेपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले नारायणकाजीलाई लक्षित गर्दै पार्टीबाट अलग हुन अभिव्यक्ति दिएपछि यी दुई नेताबीच दुरी बढेको हो ।
आज बिहानको छलफलमा प्रचण्डले पार्टीबाट अलग नहुन आग्रह गर्नु भएको थियो । तर श्रेष्ठले “मलाई अलग हुने मन नहुँदा नहुँदै पनि तपाईंले नै अलग्याउन खोज्नुभएको छ” भनेको स्रोतले बतायो । प्रचण्डले एमसीसीमा मतभेद भएपनि अरू विषयमा मिलेर अघि बढ्न प्रस्ताव गर्नु भएको थियो ।
नेता श्रेष्ठले आफू पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै बैठक राखेर पार्टीको पछिल्लो अवस्थाबारे छलफल गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्