एमालेमा जनताको आकर्षण-कतै कारबाही,कतै फर्किदै

काठमाडौं। नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।
बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका १५ का वडा सदस्य जानुका रेग्मी, वडा ४ की वडा सदस्य डिला परियार, वडा ७ का दीपक कुमाललाई सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।
दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष थापा एमालेमा फर्किदै
दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किदै हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोड्नुभएको छ ।

केही दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ । थापासँगै सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने भएका हुन् ।
अध्यक्ष थापा २०७४ सालको निर्वाचनमा एमालेबाट उम्मेदवार भइ निर्वाचित हुनुभएको थियो। नेकपा एस समाजवादीमा सनाखत गरेका दैलेखको भगवतिमाई गाउँपालिकाका केही वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यसहित एमालेमा आज फर्किने भएका छन् ।

प्रतिकृया दिनुहोस्