एमाले कुनै दलसँग गठबन्धन गर्दैन- वरिष्ठ उपाध्यक्ष पोखरेल

एमाले कुनै दलसँग गठबन्धन गर्दैन- वरिष्ठ उपाध्यक्ष पोखरेल
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कुनै दलसँग गठबन्धन गर्ने पक्षमा एमाले रहेको उहाँले बताउनु भयो। प्रचण्डले कम्युनिष्ट पार्टी विभाजन गरेर कांग्रेसलाई सत्ता सुम्पिएको भन्दै उहाँले माओवादी केन्द्रसँग गठबन्धन नहुने बताउनु भयो ।

विचार र कामको आधारमा निर्वाचन हुने भएकाले पाँच गठबन्धन आए पनि एमाले एक्लै काफी हुने दाबी गर्नुभयो । सेटिङमा चलेको विषाक्त छालले निर्वाचन आयोगलाई पनि प्रभावित गर्न सक्ने भन्दै उहाँले संवेदनशील विषयमा निर्णय गर्दा पनि आयोगले दलहरूसँग छलफल नै नगरेको बरिष्ठ उपाध्यक्ष पोखरेलले बताउनु भयो ।

बरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको चुच्चे नक्सालाई बुच्चे बनाएर भारतप्रति भक्तिभाव देखाएको आरोप लगाउनु भएको छ ।

नेपालको संसदले सर्वसम्मत रूपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उहाँले प्रधानमन्त्रीको आलोचना गर्नु भएको छ। ‘स्वाभिमानी मुलुकको प्रधानमन्त्रीका हिसाबले जसरी भ्रमणमा प्रस्तुत हुनुपर्थ्यो त्यो गर्न सक्नुभएन ।’प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केही उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिनु भयो ।

राष्ट्रिय अडानलाई पनि प्रधानमन्त्री देउवाले प्रतिनिधित्व नगरेको, नेपाल र भारतको सहमतिमा गठन भएको ईपीजी प्रतिवेदनको विषयमा मुख नखोलिएको उहाँले बताउनु भयो ।