धनकुटाका पालिकामा प्रमुख र उपप्रमुखको लागि वडाबाट को–को सिफारीस भए

धनकुटाका पालिकामा प्रमुख र उपप्रमुखको लागि वडाबाट को–को सिफारीस भए
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। एमालेले धनकुटाको सातवटा पालिकामा प्रमुख र उपप्रमुख उम्मेदवार छनौट गर्नको लागि वडाबाट सिफारीस गराउने कार्य सम्पन्न गरेको छ ।

एमाले धनकुटाले दिएको जानकारीअनुसार १० वटा वडा रहेको धनकुटा नगरपालिकामा वर्तमान मेयर चिन्तन तामाङको सवै वडाबाट एकल सिफारीस आएको छ । उहाँ सर्वसम्मत उम्मेदवार बन्ने सम्भावना बढेर गएको छ । त्यस्तै उपमेयरमा भीमादेवी खनालको ९ वटा वडाबाट, तारा तितुङको ६ वटाबाट, रोजा राई र गीता अधिकारीको ५/५ वटा वडाबाट सिफारीस आएको छ ।

त्यस्तै पाख्रीबास नगरपालिकाबाट मेयरमा भीम राईको ७, शान्तिराम गौतमको ६ र वर्तमान मेयर विर्खबहादुर राईको ५ वटा वडाबाट सिफारीस आएको छ । उपमेयर देवकला तिमिल्सिना, नम्रता देउजा, अरुणा राई र सम्झना आलेको नाममा सिफारीस आएको एमाले नगर अध्यक्ष शन्तिराम गौतमले बताउनु भयो ।

त्यस्तै महालक्ष्मी नगरपालिकाबाट वर्तमान मेयर पर्शुराम नेपालको ९ वटा, दीपक बुढाथोकीको ५ वटा, वर्तमान उपमेयर मन्जुदेवी कार्की र उठान मादेनको ४/४ वटा वडाबाट सिफारीस आएको छ । उपमेयरमा किरण गिरीको ६ वटा र वर्तमान उपमेयर मन्जुदेवी कार्कीको ४ वटा वडाबाट सिफारीस आएको छ ।

सहिदभूमी गाउँपालिकामा अध्यक्षका लागि नीर राईको ४ वटा र वर्तमान अध्यक्ष मनोज राईको ३ वटा वडाबाट सिफारीस आएको छ । उपाध्यक्षमा सुस्मा किराती, वर्तमान उपाध्यक्ष रत्नश्वरी राई, सावित्रा राई, रस्मिता राई र सीमा राईको नाम वडा कमिटिले सिफारीस गरेको छ ।

छथर जोरपाटी गाउँपालिकामा वर्तमान अध्यक्ष शेरबहादुर लिम्बुको ५ र शिव आङलाको ३ वटा वडाबाट सिफारीस आएको छ । उपमेयर गोमा कार्की र वर्तमान उपमेयर भीमकला श्रेष्ठको नाम सिफारीस भएको छ ।

साँगुरीगढी गाउँपालिकामा अध्यक्षको लागि देवमान राईको ८ वटा, वर्तमान अध्यक्ष कुमारजंग याखाको ६ वटा र बालकृष्ण राईको ६ वटा वडाबाट सिफारीस आएको छ । उपाध्यक्षमा वर्तमान उपाध्यक्ष विन्द्रा राई, निर्मला ईवाहाङलगायतको नाम सिफारीस भएको छ ।

चौविसे गाउँपालिकामा अध्यक्षको लागि राजकुमार लिम्बुको ५ र खजिन्द्र राईको ३ वटा र वर्तमान उपाध्यक्ष यज्ञकुमारी रुचालको ३ वडाबाट सिफारीस आएको छ ।