धनकुटाको पाख्रीबास भीम राई र चौविसेमा राजकुमार चेम्जोङ प्रमुखमा सर्वसम्मत

धनकुटाको पाख्रीबास भीम राई र चौविसेमा राजकुमार चेम्जोङ प्रमुखमा सर्वसम्मत
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। नेकपा एमाले धनकुटाले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि पाख्रीबास नगरपालिका र चौविसे गाउँपालिकामा प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुंग्याएको छ।

धनकुटाको पाख्रीबास नगरपालिका एमाले धनकुटाका सचिवालय सदस्य भीम राईलाई मेयरमा उठाउने निर्णय गरेको छ । उपमेयरमा जिल्ला सदस्य नम्रता देउजालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पाख्रीबास नगर कमिटिका अध्यक्ष शान्तिराम गौतमको प्रस्ताव र वर्तमान मेयर विर्खबहादुर राईको समर्थनमा राईले मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

मेयरका उम्मेदवार राई २०५४ सालको स्थानीय निर्वाचनमा फलाँटे गाविसका अध्यक्ष निर्वाचित हुनु भएको थियो । शालिन र भद्र स्वभावका राईलाई मेयर बनाउनको लागि बहुमत वडाको सिफारीस आएको थियो । त्यस्तै उपमेयरका उम्मेदवार देउजा सामाजिक क्षेत्रमा क्रियासिल हुनुहुन्थ्यो ।

त्यस्तै चौविसे गाउँपालिकाको अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्षमा टंकमाया मगरलाई सर्वसम्मत सिफारीस गरेका छ । चेम्जोङ एमाले चौविसे गाउँपालिका कमिटि अध्यक्ष हुनुहुन्छ । यस अघि नै एमालेले धनकुटा नगरपालिकाको मेयरमा वर्तमान मेयर चिन्तन तामाङलाई सर्वसम्मत उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।