यस्ता छन्, गठबन्धन तोड्न धनकुटाको स्थानीय पालिकामा एमालेले उठाएका महिला कमाण्डरहरु

धनकुटा। नेकपा एमाले धनकुटाले स्थानीय पालिकामा उपप्रमुख पदमा लामो समयदेखि सामाजिक र राजनीतिमा होमिएका ब्यक्तिहरुलाई उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ७ वटै पालिका जितेर क्लिनस्वीप गरेको एमालेले यस पटक पनि क्लिनस्वीप गर्ने दावी गरेको छ । एमालेले धनकुटा, पाख्रीबास, चौविसे, छथर जोरपाटी र साँगुरीगढीको उपप्रमुखमा नयाँ अनुहारलाई मौका दिएको छ भने महालक्ष्मी र सहिदभूमीमा पुरानै उपप्रमुखलाई दोहोर्याएको छ । पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नको लागि एमालेले उम्मेदवार बनाएका ब्यक्तिहरुको विषयमा संक्षिप्त चर्चा जानकारी यस्तो रहेको छ ।
भीमादेवी खनाल/धनकुटा नगरपालिका
धनकुटा जिल्ला सदरमुकाम रहेको यो नगरपालिकामा एमालेले नयाँ अनुहारको रुपमा भीमादेवी खनाललाई उम्मेदवार बनाएको छ । लामो समय समाजिक क्षेत्रमा क्रियासिल रहनु भएकी खनाल एकता प्रक्रियाबाट एमालेको राजनीतिमा प्रवेश गर्नु भएको थियो । युद्धकालमै माओवादी अभियानमा लागेर राजनीति गर्नु भएकी खनाल नेकपा विभाजनपछि एमालेमा लाग्नु भएको हो । धनकुटा नगरपालिका वडा नं. ३ निवासी खनाल एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ । सरल र आफ्नो कुरा प्रष्ट राख्न सक्ने उहाँ क्षमतावान महिलाको रुपमा रहनु भएको छ ।
नम्रता देउजा/पाख्रीबास नगरपालिका
गाउँमा राप्रपाको दवदवा थियो । एमालेका कार्यकर्ता हुँ भनेर हिड्नसमेत मस्किल भएको बेला अनेरास्ववियूमा संगठित भइ राजनीतिमा प्रमुख गर्नु भएकी नम्रता देउजालाई पाख्रीबास नगरपालिकाको उपमेयरमा एमालले उम्मेदवार बनाएको छ । अनेमसंघ र युवासंघको जिल्ला नेतृत्व सम्हालिसक्नु भएकी देउजा सामुदायिक वन महासंघ र भूमि अधिकार मञ्चमार्फत समाजिक क्षेत्रमा क्रियासिल हुनुहुन्छ । गाउँमा सहकारी अभियानका अभियन्त उहाँ २५ बर्ष देखि एमालेको राजनीतिमा हुनुहुन्छ । हाल एमाले धनकुटा सचिवालय सदस्य हुनुहुन्छ ।
मञ्जुकुमारी कार्की/महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका वडा नं १ निवासी मञ्जुकुमारी कार्की एमालेको पुनारो नेता हुनुहुन्छ । करीब ३० बर्ष एमालेको सक्रिय राजनीतिमा क्रियासिल हुनु भएकी कार्की २०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर विजयी हुनु भएको थियो । पार्टी राजनीतिमा निरन्तर क्रियासिल कार्कीले जनप्रतिनिधि भएको ५ बर्षमा नगरको सवै घर र टोलमा पुगेर जनताका सुखदुख साटसाट गर्नु भएको थियो । हाल एमाले धनकुटाको सचिवालय सदस्य कार्कीलाई कामको मुल्याङ्कन गरेर दास्रोपटक टिकट दिएको हो ।
गोमा कार्की/छथर जोरपाटी गाउँपालिका
सामाजिक क्षेत्रबाट उदाएकी नेता हुनुहुन्छ गोमा कार्की । धनकुटाको सिधुवाबजार निवासी कार्की एमालेको खुल्ला राजनीतिमा आउनु भएको करीब ७ बर्ष पुगेको छ । यही अवधीमा उहाँले पार्टी र संगठनमा आफ्नो पक्कड बनाउन सफल हुनु भएको थियो । विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियासिल कार्की एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ । वर्तमान उपमेयर भीमकला श्रेष्ठलाई उछिन्दै उपमेयरमा कार्कीको इन्ट्री भएको हो।
रत्नश्वरी राई/सहिदभूमि गाउँपालिका
सहदिभूमि–१ धापमा निम्न बर्गीय किसान परिवारमा जन्मिएकी रत्नश्वरी राई दोस्रोपटक पनि उम्मेदवार पाउने भाग्यशाली उम्मेदवार हुनुहुन्छ । सानैमा विहे भएपनि घर नजिकै रहेको आदर्श माध्यमिक विद्यालयमा पढेर एसएलसी पास गरेकी राई गाउँको सामाजिक काममा क्रियासिल हुनुहुन्थ्यो । २०७४ सालको निर्वाचनमा उपमेयरको टिकट दिँदा कमजोर उम्मेदवारको रुपमा टिप्पणी गरिएपनि उहाँले अत्याधिक मत ल्याई सानदार जित्न भयो । विवादरहित काम गर्ने, पार्टीको नीति र निर्देशनलाई पुर्णपालना गर्ने स्वभाव भएकाले यसपटक उहाले पुन दोहोरिने अवसर पाउनु भएको हो । विद्यालयमा अनेरास्ववियूमा संगठित भएकी राई हाल एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ ।
टंकमाया मगर/चौविसे गाउँपालिका
एमाले जिल्ला कमिटि सदस्य टंकमाया मगर चौविसे– २ निवासी हुनुहुन्छ । पञ्चायतकालदेखि नै बामपन्थी राजनीतिमा लाग्नु भएकी मगर हाल एमाले चौविसे गाउँ कमिटि उपाध्यक्ष हुनुहुन्छ । उहाँ एमालेको उपाध्यक्ष पाउने नयाँ अनुहार हो । अनेरास्ववियुबाट राजनीति सुरु गर्नु भएकी मगर शिक्षण पेशामा संलग्न हुँदा मोरङ जिल्लाको लेटाङ, भोगटेनी क्षेत्रमा पार्टी संगठन विस्तारमा क्रियासिल हुनु भएको थियो । स्थानीय आमा समुह, सामुदायिक वन महासंघलगायतको सामाजिक संघसंस्थामा क्रियासिल मगरले लामो समय विद्यालयमा पढाउने कार्यसमेत गर्नु भएको थियो ।
मुनादेवी राई/साँगुरीगढी गाउँपालिका
साँगुरीगढी गाउँ कमिटि सदस्य रहकी मुनादेवी राई धनकुटाको आहाले निवासी हुनुहुन्छ । उहाँको माइति धनकुटा छिन्ताङ राजनीतिक रुपमा चर्चित रहेको छ । उहाँको परिवार सवै राजनीतिमै हुनुहुन्छ । २०५२ सालतिरै अनेरास्ववियुमा संगठित भइ इलाका कमिटिको कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नु भएकी राई विहेपछि राजनीतिबाट टाढिनु भएको थियो । उहाँको ससुरा पुर्णप्रसाद राई, दुई कार्याकाल आहाले गाविसको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो । उहाँका श्रीमान हरी राईपनि एमाले धनकुटाका सचिवालय सदस्य हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्