पाख्रीबास नगरमा एमाले उम्मेदवार राई, जस्ले व्यक्तिगत जीवनलाई जनताको सेवा र पार्टी जीवनमा समर्पण गरे

पाख्रीबास नगरमा एमाले उम्मेदवार राई, जस्ले व्यक्तिगत जीवनलाई  जनताको सेवा र पार्टी जीवनमा समर्पण गरे
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा । स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० का लागि पाख्रिबास नगरपालिका को लागि नेकपा एमाले बाट नगर प्रमुख ( मेयर ) पदमा भीमबहादुर राई सर्वसम्मत उम्म्दवार बन्नु भएको छ । उहाँको जन्म २०१८ मा तत्कालीन फलाटे गाविसमा भएको थियो । अत्यन्तै सालीन, भद्र र निष्ठावान राई पाख्रिबास एमाले का सर्वाधिक लोकप्रिय नेता हुनुहुन्छ । नेपालमा भएको पहिलो जनआन्दोलन २०४६ सँगै उहाँ सक्रिय राजनीतिमा क्रियाशील हुनुहुन्छ ।

उहाँले २०३५ मा एसएलसी उतिर्ण गरी ग्रामीण विकासमा स्‍नात्तकोत्तर अध्ययन गर्नुभएको छ । २०४१ बाट भोजपुरको ठुलोदुङमाबाट शिक्षण पेशा सुरु गर्नु भएका राई २०४६ सालमा निम्म माध्यमिक तहमा स्थायी हुनु भएको थियो । जागिरे जीवन चलिरहेकै वेला २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका नेताहरुको आग्रहमा शिक्षकबाट राजिनामा दिई नेकपा एमालेको तर्फबाट तत्कालिन फलाटे गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो।

राई स्थानीयस्तरदेखि नै आफ्नो व्यक्तिगत जीवनलाई पार्टी जीवनमा समर्पण गर्दै आउनुभएको छ । उतिबेला फलाटे गाविसको गाउँ कमिटि अध्यक्ष , गाउँ कमिटी सचिब हुँदै २०५३ सालबाट हालसम्म निरन्तर जिल्ला कमिटिमा आबद्द रहि कुशल नेतृत्वदायी क्षमता भएका, नवीन विचारक र समाजलाई चलायमान बनाउदै नयाँ आयाम दिन सक्ने,र समाज बदल्न उद्त नेताको रुपमा क्रियासिल हुनुहुन्छ । उहाँ गाविस अध्यक्ष हुँदा नमुना गाविसकाो रुपमा फलाटेलाई विकास गराउनु भएको थियो । उहाँको यही क्षमताको कारण स्थानीय तह निर्वाचन २०७९ का लागि पाख्रिबास नगरपालिका को लागि नेकपा एमालेबाट नगर प्रमुख ( मेयर ) पदमा सर्वसम्मत उम्मेदवार बन्नु भएको छ ।

२०७१ सालमा सुकुम्वासी समस्या समाधान आयोग धनकुटाको अध्यक्ष भई काम गरिसक्नुभएका उहाँ अध्ययनशील र अनुभवी व्यक्तित्वका रुपमा समग्र धनकुटामा चर्चाको शिखरमा हुनुहुन्छ । उहाँले पटकपटक गरेर ६ बर्ष एमाले धनकुटाको कार्यालय सचिव भएर काम गरिसक्नु भएको छ । हाल एमाले धनकुटाको सचिवालय सदस्य राई योजना निर्माण र ब्यबस्थापनमा अब्बल मानिन्छन् ।

। उहाँले विभिन्न देशहरुको भ्रमण समेत गरिसक्नुभएको छ । भारत र थाइल्याण्डमा १ हप्ते कृषि भ्रमण र चीनमा राजनीतिक भ्रमण गर्नु भएको बताउनु भएको छ । उहाँ सँगै नगर उपप्रमुखमा एमालेबाट नम्रता देउजा उम्मेदवार हुनुहुन्छ ।