May 16, 2022, Monday
२०७९ जेष्ठ २, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
P tv

निर्वाचन आयोगको कडा कदम, स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन, कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण

निर्वाचन आयोगको कडा कदम, स्थापितविरुद्धको वक्तव्य २४ घण्टाभित्र हटाउन ओरेकलाई निर्वाचन आयोगको निर्देशन, कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका एमाले उम्मेदवार केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र हटाउन र तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको छ । आयोगको बैठकले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारको मान प्रतिष्ठामा आँच आउनेगरि दिएको प्रेस वक्तव्य आचारसंहिता विपरित रहेको ठहरसमेत गरेको छ ।

आयोगले रेनु अधिकारीले सञ्चालन गरेको महिला पुन:स्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध जारी गरेको वक्तव्य २४ घण्टाभित्र फिर्ता लिएर हटाउन भनेको छ । यसका साथै कुनै उम्मेदवारलाई मत देऊ वा नदेऊ भनेर सामाजिक संस्थाले विज्ञप्ति जारी गरेकोमा कारबाही किन नगर्ने भनेर ३ दिनभित्र स्पष्टीकरण समेत मागेको छ ।

सामाजिक काम गर्न भनेर स्थापना भएको गैरराजनीतिक संस्थाले राजनीतिक दलका उम्मेदवारलाई मत नदिन भनेर वक्तव्य जारी गर्नु गैरकानूनी र आचारसंहिताविपरीत हुने आयोगले जनाएको छ ।

यसैबीच आयोगले एमालेका मेयर उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्तालाई ‘तपाईँ नाइस लेडी हो तर थुतुनोको शैली भएन’ भनेर जवाफ दिएकोमा समेत सचेत गराएको छ । उम्मेदवारको आचारसंहिताभित्र रहन आयोगले स्थापितलाई सचेत गराएको हो ।

स्थापितले नेशनल कलेजको कार्यक्रममा विवेकशील साझाकी कार्यकर्ता भावना राउतको प्रश्नको जवाफ दिने क्रममा आक्रोशित हुँदै बोलेको शब्दप्रति आयोगले सचेत गराएको ती पदाधिकारीले बताएको छ ।