धनकुटा नगरमा एमालेको जित्ने अभियान, सशक्त छ उम्मेदवारका पहिचान

धनकुटा नगरमा एमालेको जित्ने अभियान, सशक्त छ उम्मेदवारका पहिचान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। धनकुटा नगरपालिकामा २०५४ सालदेखि नेकपा एमाले निरन्तर विजयी बन्दै आएको छ । २०४८ साल ताका कांग्रेसको गढ क्षेत्रमा धावा बोल्दै एमालेले विजयको सुरुवात गरेको हो।

यसपटकको स्थानीय तहको निर्वाचनको लागि समेत एमालेले दरिलो उपस्थिती देखाएको छ । एमाले विभाजन पछि बनेको नेकपा एकिर्कत समाजबादीको नगण्य प्रभाव रहेकाले पनि एमालेलाई यो पालिकामा जित निकाल्न सहज देखिन्छ ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेका मेयर चिन्तन तामाङले ४९३३ मत प्राप्त गरी जित निकाल्नु भएको थियो । यो नगरमा कांग्रेस ४८१९, माओबादी केन्द्रले २५३७ र राप्रपाले २८४ मत प्राप्त गरेका थिए । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो बनाएको छ । सवै टोलमा कमिटि बनेको छ । पुर्वमाओबादी, कांग्रेस र जसपाका करीब १५ सयको संख्यामा नेता र कार्यकर्ता एमालेमा आएका छन् । मेय पदका उम्मेदवार तामाङको ब्यक्तिगत कम्तिमा एकहजार भोट रहेको छ । यही तथ्यको आधारमा जित सुनिश्चित हुने नेकपा एमाले धनकुटा नगरकमिटि अध्यक्ष अर्जुन छाराहाङले बताउनु भयो । नगरका १० वटै वडा जित्ने अभियानमा रहेको उहाँले बताउनु भयो ।

कस्ता छन् त एमालेका उम्मेदवार

एमालेले यसपटकपनि पुरानै मेयर चिन्तन तामाङ र उपमेयरमा भीमादेवी खनाललाई उम्मेदवार बनाएको छ । धनकुटामा सवैभन्दा पहिला सर्वसम्मत उम्मेदवार बन्नु भएको थियो, चिन्तन तामाङ । धनकुटा नगरपालिका वडा नं. १ हिले निवासी तामाङ २०७४ सालको निर्वाचनमा मेयरमा विजयी हुनु भएको थियो । २०४९ सालको स्थानीय निर्वाचनमा वडा नं. १ को वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

एमालेभित्र शालिन र भद्र नेताको रुपमा तामाङ स्थापित हुनुहुन्छ । एमाले धनकुटाका उपाध्यक्ष तामाङ कार्यकर्ताको भावना बुझ्ने र राजनीतिक घेराभन्दा माथी उठेका नेताको रुपमा चिनिन्छन् । उहाँको कार्यकालमा धनकुटा नगरपालिकामा भएको विकास निर्माण र परिवर्तनको कारण दोस्रोपटक फेरी टिकट पाउन सफल हुनु भएको छ। विपक्षी गठबन्धनको लागि तामाङको उम्मेदवारी भारी परेको छ ।

यो नगरपालिकामा एमालेले नयाँ अनुहारको रुपमा भीमादेवी खनाललाई उपमेयरको उम्मेदवार बनाएको छ । लामो समय समाजिक क्षेत्रमा क्रियासिल रहनु भएकी खनाल एकता प्रक्रियाबाट एमालेको राजनीतिमा प्रवेश गर्नु भएको थियो । युद्धकालमै माओवादी अभियानमा लागेर राजनीति गर्नु भएकी खनाल नेकपा विभाजनपछि एमालेमा लाग्नु भएको हो । धनकुटा नगरपालिका वडा नं. ३ निवासी खनाल एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ । सरल र आफ्नो कुरा प्रष्ट राख्न सक्ने उहाँ क्षमतावान महिलाको रुपमा रहनु भएको छ ।

यो पालिकामा एमालेले वडा नं. १ मा वाङदा तामाङ, वडा नं. २ मा चन्द्रलाल तामाङ, वडा नं. ३ मा बाबुराम मिश्र, वडा नं ४ मा जमसेर राई, वडा नं ५ मा कोमल राई, वडा नं. ६ मा तुलसी ढुंगाना, वडा नं. ७ मा थामबहादुर राई, वडा नं. ८ मा रसबहादुर राई, वडा नं. ९ मा टंक रोइला र वडा नं. १० खड्ग भट्टराईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।