साँगरीगढीमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान

साँगरीगढीमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। नेकपा एमालेको लागि धनकुटाको सँगुरीगढी गाउँपालिका भोट बैंक हो। साविक ७ वठा गाविस मिलाएर बनाइएको यो गाउँपालिका एमालेका संगठन मजबुत हुँदै गएको क्षेत्र हो। २०४८ सालतिर कांग्रेस र राप्रपाको राम्रो संगठन रहेको यो क्षेत्रमा २०५४ सालको स्थानीय तहको निर्वाचनको बेलामा एमालेले महाभारत गाविस बाहेक सवै गाविसमा विजय हासिल गरेको थियो । त्यसयताको सवै निर्वाचनमा यो पालिकामा एमालेले एकछत्र मत प्राप्त गर्दे आएको छ ।

अन्य पालिकाको तुलनामा नेकपा एकिकृत समाजबादीको प्रभाव अलिक बढी रहेको छ। एमालेले भोट बैंक रहेको खुवाफोक र बुढिमोरङमा एकिकृत समाजबादीको प्रभाव रहेको छ। एमाले जिल्ला कमिटि सदस्य दलबहादुर इङनामका भनाइअनुसार नेताहरु गएका छन् । तर मतदाता एमालेकै पक्षमा रहेको छ । उहाँ वडा नं. २ को वडाध्यक्षको उम्मेदवार पनि हुनुहुन्छ ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष पदका उम्मेदवार कुमारजंग याखा ४४४९ मत प्राप्त गरी विजयी भएका थिए। यो पालिकामा कांग्रेस÷जसपा गठबन्धनले ३३३३, माओबादीले ६९५ र राप्रपाले ४७९ मत पाएको थियो । यो आँकडाले पनि यो पालिकामा एमालेको जित सुनिश्चित देखिन्छ । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो देखिन्छ । पूर्वमाओबादी, कांग्रेस र जसपाका करीब एक हजारको संख्यामा नेता कार्यकर्ता एमालेमा आएको नेकपा एमाले साँगुरीगढी गाउँपालिका अध्यक्ष बालकृष्ण राईले बताउनु भयो ।

अध्यक्षमा पुरानै उम्मेदवार कुमारजंग याखा

एमालेभित्र तेस्रोपटक जनप्रतिनिधिको लागि टिकट पाउँने भाग्यशाली ब्यक्ति हुनुहुन्छ, कुमारजंग याखा । धनकुटाको डाँडाबजार निवासी याखा २०५४ सालमा डाँडाबजार गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । भलिवलका राम्रो खेलाडीको रुपमा कहलिएका याखा २०७४ सालको निर्वाचनमा साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । उहाँ एमाले धनकुटाको सचिवालय सदस्य याखा ३० बर्षदेखि एमालेको राजनीतिमा क्रियासिल हुनुहुन्छ ।

उपाध्यक्षमा नया अनुहार मुनादेवी राई

सँगुरीगढी गाउँ कमिटि सदस्य रहकी मुनादेवी राई धनकुटाको आहाले निवासी हुनुहुन्छ । उहाँको माइति धनकुटा छिन्ताङ राजनीतिक रुपमा चर्चित रहेको छ । उहाँको परिवार सवै राजनीतिमै हुनुहुन्छ । २०५२ सालतिरै अनेरास्ववियुमा संगठित भइ इलाका कमिटिको कोषाध्यक्षको जिम्मेवारी पुरा गर्नु भएकी राई विहेपछि राजनीतिबाट टाढिनु भएको थियो । उहाँको ससुरा पुर्णप्रसाद राई २ कार्याकाल आहाले गाविसको निर्वाचि अध्यक्ष थिए । उहाँ श्रीमान हरी राईपनि एमाले धनकुटाका सचिवालय सदस्य हुनुहुन्छ ।

यो पालिकामा एमालेले वडा नं. १ मा गाविन्द लिम्बु, वडा नं. २ मा दलबहादुर ईङनाम, वडा नं. ३ मा विजय याखा, वडा नं ४ मा जिवनकुमार लिम्बु, वडा नं ५ मा नवराज लिम्बु, वडा नं. ६ मा गाविन्द मगर, वडा नं. ७ मा पुर्णप्रसाद राई, वडा नं. ८ मा हृदयनारायण राई, वडा नं. ९ मा जितबहादुर राई र वडा नं. १० एकबहादुर राईलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।