निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा हिडेका प्रधानमन्त्री देउवामाथि कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी

चितवन । निर्वाचन आचारसंहिता विपरीत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन आइरहेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।अधिवक्ता सुनिता अधिकारीले निर्वाचन अधिकृत समक्ष देउवामाथि कारबाहीको माग गर्दै उजुरी दिएकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले आचारसंहिता उल्लंघनको सन्दर्भमा उजुरी दिएको अधिकारीले बताइन् ।
उनले निर्वाचन आचारसंहिताको दफा ५ ले निर्वाचनमा आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक नेपाल सरकार, प्रदेश सरकारका मन्त्रीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न नपाउने व्यवस्था छ ।सोही दफा अनुसार बिहीबार सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा प्रधानमन्त्री देउवासहित नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू सहभागी हुने कुरा राष्ट्रिय समाचार पत्रिकामा प्रकाशित भएको भन्दै उनले कार्यक्रम स्थगित गराई आचारसंहिताविपरीत कार्य भएमा सजाय समेत गरी पाउँ भनी निवेदन दिएकी हुन् ।जुरीकर्ता अधिकारी नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य पनि हुन् । उनी भरतपुरकै मतदाता हुन् ।
प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता भरतपुरमा रेनु दाहालको पक्षमा मत माग्न र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई फकाउने चितवन पुग्दै छन् । बिहीबार भरतपुरको हाकिम चोकमा सत्ता गठबन्धनको आमसभालाई पाँच दलका शीर्ष नेताले सम्बोधन गर्दै छन् ।

प्रतिकृया दिनुहोस्