महालक्ष्मी नगरपालिकामा विरासत जोगाउने एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान

धनकुटा। नेकपा एमालेको लागि धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले चुनावी अभियान तिव्र बनाएको छ । साविक ६ वटा गाविस मिलाएर बनाइएको यो गाउँपालिका एमालेका संगठन मजबुत छ । २०४८ सालतिर कांग्रेस र राप्रपाको राम्रो संगठन रहेको यो क्षेत्रमा २०५४ सालको स्थानीय तहको निर्वाचनको बेलामा एमालेले सवै गाविस जितेको थियो । त्यसयताको सवै निर्वाचनमा यो पालिकामा एमालेले एकछत्र मत प्राप्त गर्दे आएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेका मेयर पदका उम्मेदवार पर्शुराम नेपाल ४८९७ मत प्राप्त गरी विजयी भएका थिए। यो पालिकामा कांग्रेस÷जसपा÷राप्रपा गठबन्धनले ३१५६ र माओबादीले १७४६ मत पाएको थियो । यो आँकडाले पनि यो पालिकामा एमालेको जित सुनिश्चित देखिन्छ । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो देखिन्छ । पूर्वमाओबादी, कांग्रेस र जसपाका करीब एक हजारको संख्यामा नेता कार्यकर्ता एमालेमा आएको नेकपा एमाले महालक्ष्मी नगरपालिकाका अध्यक्ष किरणबाबु गिरीले बताउनु भयो ।
मेयरमा अनुभवी दिपक बुढाथोकी

२०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा चानुवा गाविस अध्यक्ष निर्वाचित हुनु भएका दीपक बुढाथोकी एमालेका पुराना नेता हुनुहुन्छ । सुर्यबहादुर थापाको दवदवा हुँदा समेत एमालेको संगठन विस्तारमा क्रियासिल रहेका बुढाथोकी पार्टीभित्र हक्की स्वभावका हुनुहुन्छ। बुढाथोकी ३५ बर्षदेखि एमालेको राजनीतिमा हुनुहुन्छ । गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश एक कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रुपमा परिचित छन् । ‘कठिन परिस्थितिमा पनि नडगमगाइ पार्टी र जनतासामु लगनशिल भएर काम गर्नु नै वहाँको विशेषता हो ।
उपमेयर पुरानै अनुहार मञ्जु कुमारी कार्की

महालक्ष्मी नगरपालिका वडा नं१ मञ्जुकुमारी कार्की एमालेको पुनारो नेता हुनुहुन्छ । करीब ३० बर्ष एमालेको सक्रिय राजनीतिमा क्रियासिल हुनु भएकी कार्की २०७४ सालको स्थानीय तह निर्वाचनमा उपमेयर विजयी हुनु भएको थियो । पार्टी राजनीतिमा निरन्तर क्रियासिल कार्कीले जनप्रतिनिधि भएको छ बर्षमा नगरको सवै घर र टोलमा पुगेर जनताका सुखदुख साटसाट गर्नु भएको थियो । हाल एमाले धनकुटाको सचिवालय सदस्य कार्कीलाई कामको मुल्याङ्कन गरेर दास्रोपटक टिकट दिएको हो ।
यो पालिकामा एमालेले वडा नं. १ मा टेकबहादुर गुरुङ, वडा नं. २ मा धनबहादुर पुँवर, वडा नं. ३ मा भरत थापा, वडा नं ४ मा शुक्रबहादुर बुढाथोकी, वडा नंं ५ मा किरणबाबु गिरी, वडा नं. ६ मा डम्बर कार्की, वडा नं. ७ मा रुद्र तुम्बा, वडा नं. ८ मा राम खड्का र वडा नं. ९ मा तेजबहादुर थापालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्