पाख्रीबास नगरमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान

पाख्रीबास नगरमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा। नेकपा एमालेको लागि पाख्रीबास नगरपालिका प्रतिष्ठाको लडाइँ रहेको छ । एमालेका संघीय सा्रसद राजेन्द्र राईको गृहनगर पाख्रीबासमा एमालेलाई गठबन्धनसँगै थापा काजीहरुको विरासतसँग प्रतिस्पर्धा गर्नु पर्ने अवस्था रहेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाको पनि गृहनगर भएकाले बाहिरबाट हेर्दा एमालेलाई सहज देखिन्दैन । तर विगतको स्थानीय तहको निर्वाचन परिणामलाई हेर्ने हो भने एमाले बलियो अवस्थामा रहेको छ। साविक ६ वटा गाविस मिलाएर बनाइएको यो गाउँपालिका एमालेका संगठन मजबुत छ । २०४८ सालतिर कांग्रेस र राप्रपाको राम्रो संगठन रहेको यो क्षेत्रमा २०५४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले सवै गाविसमा विजय हासिल गरेको थियो । त्यसयताको सवै निर्वाचनमा यो पालिकामा एमालेले एकछत्र मत प्राप्त गर्दे आएको छ ।

गएको स्थानीय तहको निर्वाचनमा एमालेका मेयर पदका उम्मेदवार विर्खबहादुर राईले ४४३९ मत प्राप्त गरी विजयी भएका थिए। यो पालिकामा कांग्रेसले १६६८, राप्रपाले १५६५ र माओबावदीले १००६ मत पाएको थियो । यो आँकडाले पनि यो पालिकामा एमालेको जित सुनिश्चित देखिन्छ । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो देखिन्छ । पूर्वमाओबादी, कांग्रेस र जसपाका करीब आठसयको संख्यामा नेता कार्यकर्ता एमालेमा आएको नेकपा एमाले पाख्रीबास नगरकमिटि अध्यक्ष शान्तिराम गौतमले बताउनु भयो ।

मेयरमा अनुभवी नेता भीम राई

२०५४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन स्थायी शिक्षकको जागिर छाडे फलाटे गाविस अध्यक्ष हुनु भएका भीमबहादुर राई एमालेका शालिन नेता हुनुहुन्छ । पार्टीको नीति र निर्देशनलाई अक्षरश पालना गर्नुुहुने राई सर्वसम्मत उम्मेदवार बन्नु भएको हो । एमाले धनकुटाका सचिवालय सदस्य राई मेयरको टिकट पाउँने नयाँ अनुहार हो । पाख्रीबास नगरपालिका वडा नं. ७ निवासी राई ४० बर्षदेखि बामपन्थी राजनीतिमा हुनुहुन्छ। पालिकालाई सुन्दर बनाउने सपनासहित उहाँको उम्मेदवारी गठबन्धनलाई भारी बन्ने अवस्था छ ।

उपमेयरमा नयाँ अनुहार नम्रता देउजा

गाउँमा राप्रपाको दवदवा थियो । एमालेका कार्यकर्ता हुँ भनेर हिड्नसमेत मस्किल भएको बेला अनेरास्ववियूमा संगठित भइ भएको राजनीतिमा प्रमुख गर्नु भएकी नम्रता देउजालाई पाख्रीबास नगरपालिकाको उपमेयरमा एमालले उम्मेदवार बनाएको छ । अनेमसंघ र युवासंघको जिल्ला नेतृत्व सम्हालीसक्नु भएकी देउजा सामुदायिक वन महासंघ र भूमि अधिकार मञ्चमार्फत समाजिक क्षेत्रमा क्रियासिल हुनुहुन्छ । गाउँमा सहकारी अभियानका अभियन्त उहाँ २५ बर्ष देखि एमालेको राजनीतिमा हुनुहुन्छ । हाल एमाले धनकुटा सचिवालय सदस्य हुनुहुन्छ ।

यो पालिकामा एमालेले वडा नं. १ मा दुर्गा थापा, वडा नं. २ मा चुडामणी पुलामी, वडा नं. ३ मा सरोज राई, वडा नं. ४ मा गोपाल भट्टराई, वडा नं. ५ मा डिल्लीकुमार भण्डारी, वडा नं. ६ मा नेत्रकुमार राई, वडा नं. ७ मा वेदबहादुर तामाङ, वडा नं. ८ मा सीताराम राई, वडा नं. ९ मा सम्झना आले मगर र वडा नं. १० हरी खत्रीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।