छथर जोरपाटीमा एमालेको अभियान, यस्ता छन् चुनाव जित्ने उम्मेदवारको पहिचान

धनकुटा। नेकपा एमालेको लागि धनकुटाको छथर जोरपाटी गाउँपालिका भोट बैंक हो। साविक ४ वटा गाविस मिलाएर बनाइएको यो गाउँपालिका एमालेका संगठन मजबुत हुँदै गएको क्षेत्र हो। २०४८ सालतिर कांग्रेस र राप्रपाको राम्रो संगठन रहेको यो क्षेत्रमा २०५४ सालको स्थानीय तहको निर्वाचनको बेलामा एमालेले सवै गाविसमा विजय हासिल गरेको थियो । त्यसयताको सवै निर्वाचनमा यो पालिकामा एमालेले एकछत्र मत प्राप्त गर्दे आएको छ ।
गएको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष पदका उम्मेदवार शेबहादुर लिम्बुले ३३४९ मत प्राप्त गरी विजयी भएका थिए। यो पालिकामा कांग्रेसले ४१६, राप्रपाले १४५१ र माओबावदीले १५३१ मत पाएको थियो । यो आँकडाले पनि यो पालिकामा एमालेको जित सुनिश्चित देखिन्छ । गएको निर्वाचनमा भन्दा यसपटक एमालेको संगठन बलियो देखिन्छ । पूर्वमाओबादी, कांग्रेस र जसपाका करीब एक हजारको संख्यामा नेता कार्यकर्ता एमालेमा आएको नेकपा एमाले छथरजोरपाटी गाउँपालिका अध्यक्ष इन्द्र सारु मागरले बताउनु भयो ।
अध्यक्षमा पुरानै उम्मेदवार शेरबहादुर लिम्बु
नीति नियमभित्र रहेर राम्रो काम गरेको छाप बनाउन सफल भएका शेरबहादुर लिम्बुले दास्रो कार्यकालको लागि एमालेबाट टिकट पाउनु भएको । शिक्षक जागिर छाडेर राजनीतिमा आएका लिम्बु विद्यार्थी÷युवा राजनीतिवाट उदाएका नेता हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा लोकप्रिय मतसहित विजयी भएका लिम्बु जनतामाझ् उतिकै लोकप्रिय छन् । धनकुटाको ताङखुवा निवासी लिम्बु एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ ।
उपाध्यक्षमा नयाँ अनुहार गोमा कार्की
सामाजिक क्षेत्रबाट उदाएकी नेता हुनुहुन्छ गोमा कार्की । धनकुटाको सिधुवाबजार निवासी कार्की एमालेको खुल्ला राजनीतिमा आउनु भएको करीब ७ बर्ष पुगेको छ । यही अवधीमा उहाँले पार्टी र संगठनमा आफ्नो पक्कड बनाउन सफल हुनु भएको थियो । विभिन्न सामाजिक संघसंस्थामा समेत क्रियासिल कार्की एमाले धनकुटाको सचिवालय सदस्य हुनुहुन्छ । वर्तमान उपमेयर भीमकला श्रेष्ठलाई उछिन्दै उपमेयरमा कार्कीको इन्ट्री भएको हो।
यो पालिकामा एमालेले वडा नं. १ मा मच्छिन्द्र लिम्बु, वडा नं. २ मा तारा राना मगर, वडा नं. ३ मा ज्ञानबहादुर लिम्बु, वडा नं. ४ मा टेकबहादुर घिसिङ, वडा नं. ५ मा प्रेम लिम्बु र वडा नं. ६ मा निलबहादुर थापालाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस्