धनकुटाको चुनावी प्रतिस्पर्धामा पल्लाभरी बनाउदै एमाले उम्मेदवार राजेन्द्र राई

धनकुटाको चुनावी प्रतिस्पर्धामा पल्लाभरी बनाउदै एमाले उम्मेदवार राजेन्द्र राई
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा/ मंसिर ४ गते हुने निर्वाचन धनकुटामा पुरानै अनुहार र पार्टीबीच कडा प्रतिस्पर्धी हुने देखिन्छ । जिल्लामा करीब ४९ प्रतिसत एकल मतदाता रहेको एमालेलाई गठबन्धन फुटाएसँगै सहज बन्दै गएको छ । माओबादीमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीको नेतृत्वमा ठुलो समुहको विद्रोहपछि ढलमलिएको गठबन्धनबाट जसपा पनि बाहिर गएपछि पराजयको सँघारमा पुगेको छ ।

धनकुटामा एमालेको तर्फबाट केन्द्रीय सदस्य राजेन्द्र राई प्रतिनिधिसभा सदस्यको लागि चुनावी मैदानमा उत्रिएका छन् । २०७४ सालको निर्वाचनमा सांसद निर्वाचित भएका राईले आफुले गरेका विकास निर्माणका काम र जनताको सेवालाई चुनावी एजेण्डा बनाएका छन् । उनी सांसद भएपछि जिल्ला घुमिरहने नेतामा पर्दछन् । यही कारण जित सुनिश्चित रहेको राईको दावी रहेको छ ।

राईसँग प्रतिस्पर्धा गर्न गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा मैदानमा उत्रिएका छन् । पुराना कांग्रेसका नेतालाई पछि पर्दै राप्रपाबाट आएका थापाले केन्द्रीय नेताको पहुँचको आधारमा टिकट पाएका हुन् । उनले आफुले गरेका कामभन्दा पनि स्वर्गीय बुबा सुर्यबहादुर थापाको नाम र कामलाई चुनावी एजेण्डा बनाइरहेका छन् । गठबन्धन भएका जित हुने दावी थापाको रहेको छ ।

धनकुटामा राई र थापाबीच यो तेस्रो भिडन्त हो । २०७० सालको निर्वाचनमा राप्रपाबाट बुबा थापाको पहलमा झिनो मतान्तरले विजयी भएका थापा २०७० सालमा पराजित भएका थिए । कांग्रेस जसपा र राप्रपाको गठबन्धनबाट उम्मेदवार बनेका थापालाई एमाले उम्मेदवार राईले करीब ११ हजार मतान्तरले हराएका थिए । यसपटक थापासँग कांग्रेस, माओबादी र नेकपा एकिकृत समाजबादीको तलमेल र साथ रहेको छ । एमाले एक्लै चुनावी मैदानमा रहेपनि जसपाको मत सुर्य चिन्हमा दिने सहमति भएको छ ।

यी दुई उम्मेदवारको भिडन्तमा तेस्रो शक्तिको रुपमा स्वतन्त्र उम्मेदवारी दिएका माओबादी केन्द्रका पोलिटब्युरो सदस्य हेमराज भण्डारीले टक्कर दिएका छन् । उनी जिल्लामा युवा र विकास एजेण्डा ल्याउन सक्ने नेताको रुपमा छवि बनाएकाले स्वतन्त्र मतदाताको आकर्षण उनीसँग देखिएको छ । उनलाई माओबादी केन्द्रका मतदाता बाहेक एमाले, कांग्रेस, जसपा, नेकपा एस र केही जातीय मत समेत जाने अवस्था रहेको छ ।

यससँगै राप्रपाबाट कुमारबहादुर थापा चुनावी मैदानमा छन् । उनी सुर्यबादुर थापाको सवै चुनावको कमाण्डर थिए । तर सुर्यबहादुर थापाको मृत्युपछि छोरा सुनिलबहादुरले कांग्रेस रोजेका उनले राप्रपा पुर्नगठन गरेर चुनावी अभियानमा जुटेका छन् । हेमराज भण्डारी र कुमारबहादुर थापाले काट्ने ९० प्रतिसत मत एमालेका उम्मेदवार नजाने मत हो । यो मत कांग्रेस उम्मेदवार थापालाई जाने अवस्थामा यी दुईजनाको उम्मेदवारीले धनकुटामा एमालेलाई सहज देखिएको छ ।

गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको आधारमा धनकुटामा एमालेको ३६ हजार ३३६ मत रहेको छ । कांग्रेसको २८ हजार १८२, माओबादी केन्द्रको ५ हजार ४५८, जसपाको २ हजार २९२ र नेकपा एसको १ हजार ७२८ मत देखिएको छ । राप्रपाले धनकुटाको स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेको थिए ।

जसपा गठबन्धनबाट बाहिरिएकाले गठबन्धन एमालेभन्दा एक हजार मतले पछि परेको छ । यसमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले माओबादी केन्द्रको आधा मतमात्रै प्राप्त गरे गठबन्धन ४ हजारभन्दा बढी मतले पछि परेको अवस्था रहेको छ । योसँगै राप्रपाका उम्मेदवार कुमारबहादुर थापाले प्राप्त गर्ने मतपनि गठबन्धनकै मत हो । एमालेलाई कहिलै नआउने यो मत पुराना राप्रपाका कार्यकर्ताको हो । जुन मत करीब ३ हजारको हाराहारी रहेको छ ।